Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा रूसले भत्काउन नसक्ने ‘स्थायी शान्ति’को आह्वान

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा रूसले भत्काउन नसक्ने ‘स्थायी शान्ति’को आह्वान

बुधवार , पौष ३, २०८१

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मंगलबार रुसले तोड्न नसक्ने ‘वास्तविक, स्थायी शान्ति’का लागि आह्वान गर्दै अर्को वर्ष युद्ध अन्त्य हुने आशा व्यक्त गरेका छन् ।

जेलेन्स्कीले टालिनमा संयुक्त अभियान बल (जेइएफ) शिखर सम्मेलनमा भिडियो सम्बोधनमा उनले यस्तो आशा व्यक्त गरेका हुन् । सम्मेलनमा यो हप्ता १० उत्तरी युरोपेली मुलुकका प्रतिनिधिहरू भेला भएका थिए ।

“हामी सबैले बुझ्छौँ कि अर्को वर्ष यो युद्ध समाप्त हुने वर्ष हुनसक्छ । हामीले यसलाई सम्भव बनाउनुपर्छ,” जेलेन्स्कीले भने, “हामीले शान्ति स्थापना गर्न आवश्यक छ जुन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अब तोड्न सक्नु हुनेछैन, शान्ति एक विराम मात्र होइन, तर वास्तविक, स्थायी शान्ति हो ।”

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गर्दा लडाइँ रोक्न द्रुत सम्झौता गर्न दबाब दिने प्रतिज्ञा गरेका छन् । यसले किएभ र युरोपमा युक्रेनलाई मस्कोमा सहुलियत दिन दबाब दिनसक्ने डर उत्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077