Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

रास्वपा सांसद खनालले भने - विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेश दिऔं

रास्वपा सांसद खनालले भने - विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेश दिऔं

बुधवार , पौष ३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद शिशिर खनालले विश्वविद्यालयका गोल्ड मेडलिस्टलाई निजामती सेवामा सिधै प्रवेश गर्नका लागि कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलका क्रममा सांसद खनालले उक्त प्रस्ताव राखेका हुन् ।

उननले नेपालका विश्वविद्यालयमा सर्वोत्कृष्ट हुनेहरूलाई निजामती सेवामा प्रवेश गर्नका लागि कानुनी व्यवस्था गर्नुपर्ने बताए । सांसद खनालले विश्वविद्यालयमा गोल्ड मेडल प्राप्त गर्ने विद्यार्थीलाई नेपालमा नै सेवा दिने वातावरण बनाउनुपर्ने प्रस्ताव गरे।

निजामती सेवामा युवाहरूलाई आकर्षित गर्ने र विश्वविद्यालयमा सर्वोत्कृष्टलाई नेपालमा नै काम गर्ने वातावरण बनाउनका लागि निजामती सेवाका उच्च पदहरूमा बाहिरका व्यक्तिहरूको सिधै नियुक्तिको व्यवस्था राख्नुपर्ने प्रस्ताव खनालले राखे।

युवाहरूलाई निजामती सेवामा आकर्षित गर्नका लागि पनि कानुनी व्यवस्था निजामती विधेयकमा राख्नुपर्ने बताए ।

त्यस्तै, आरक्षणको व्यवस्था एक व्यक्तिलाई एक पटकका लागि मात्रै गर्नुपर्ने प्रस्ताव पनि खनालले राखेका छन् ।

उनले एउटै व्यक्ति आरक्षणबाट सेवा प्रवेश गर्ने र त्यसपछि पनि बारम्बार आरक्षणबाट नै पदोन्नति हुने व्यवस्था सही नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077