Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतीय संसद् भवन परिसरमा सांसदबीच झडप

भारतीय संसद् भवन परिसरमा सांसदबीच झडप

बिहिवार , पौष ४, २०८१

एजेन्सी । भारतमा संसद् भवन परिसरमा सत्तारूढ र विपक्षी गठबन्धनका सांसदहरूबीच झडप भएको छ । झडपमा भारतीय जनता पार्टी (भाजपा) का सांसद प्रतापचन्द्र सारङ्गी र मुकेश राजपुतलाई चोट लागेको हो ।

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले भाजपा सांसदहरूले आफूलाई संसद्मा प्रवेश गर्नबाट रोकेको र धकेलेको आरोप लगाए । कांग्रेसले सत्तारूढ पार्टीका सांसदहरूले धकेल्दा आफ्ना अध्यक्ष मल्लिकार्जुन खड्गेलाई खुट्टामा चोट लागेको बताएको छ ।

भाजपा नेता तथा सङ्घीय सरकारका गृहमन्त्री अमित शाहले बाबासाहेब अम्बेडकरविरुद्ध अपमानजनक टिप्पणी गरेको विषयमा सत्तारूढ दल र विपक्षी दलका नेताबीच विवाद चर्किँदा संसद् परिसरमा झडप भएको खबरमा उल्लेख छ ।

भाजपाका सांसद सारङ्गीले कांग्रेस नेता राहुल गान्धीको धक्काले आफू घाइते भएको दाबीगरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077