Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कंग्रेस आईका नेता राहुल गान्धीविरूद्ध एफआईआर दर्ता

कंग्रेस आईका नेता राहुल गान्धीविरूद्ध एफआईआर दर्ता

शुक्रवार , पौष ५, २०८१

एजेन्सी । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता राहुल गान्धीविरूद्ध प्रहरीले एफआइआर दर्ता गरेको छ।

संसदको नेता प्रतिपक्षी समेत रहेका गान्धीविरूद्ध भारतीय जनता पार्टीका सांसदहरूले उजुरी दिएपछि प्रहरीले ‍एफआइआर दर्ता गरेको हो ।

संसदमा सत्तापक्ष र विपक्षी सांसदहरूबीच धकेलाधकेल भएको थियो। धकेलाधकेलमा भाजपाका दुई सांसहदहरू प्रताप सारंगी र मुकेश राजपुत घाइते भएका थिए।

उनीहरूको उपचार भइरहेको छ। विपक्षी दल नेता गान्धीले धक्का दिँदा आफ्ना सांसद लडेर घाइते भएको भन्दै भाजपाका सांसदहरू हेमाङ जोशी, अनुराग ठाकुर र बासुरी स्वराजले दिल्ली प्रहरा जाहेरी दिएका थिए।

दिल्ली प्रहरीले बिहीबार राहुलविरूद्ध भारतीय न्याय संहिताको सेक्सन ११७,१२५, ३५१ र ३९५०मा अनुसार एफआइआर दर्ता भएको भारतीय संञ्चार माध्यमहरुले जनाएको छ।

नेता गान्धीले भने अदानी प्रकरणबाट जनताको ध्यान हटाउनका लागि सत्तापक्षले अनेक प्रपञ्च रचेको टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077