Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने निकोलस पक्राउ

रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने निकोलस पक्राउ

आइतवार , पौष ७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोप लागेका निकोलस भुसाल पक्राउ परेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले थलीबाट आइतबार साँझ पक्राउ गरेको हो ।

आजैमात्र उनी बुटवलबाट काठमाडौं आएको सूचनाका आधारमा भुसाललाई पक्राउ गरिएको बताइएको छ ।

गएको बुधबार रातिदेखि रवि हिरासत कक्षमा सुतिरहेको सीसीटीभी फुटेजको फोटो भाइरल भएको थियो । बिहीबार भुसालले सामाजिक मार्फत आफैले तस्विर खिचेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077