Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

हमासका नेता हानियाको इरानमा हत्या गरेको इजरायलद्धारा स्वीकार

हमासका नेता हानियाको इरानमा हत्या गरेको इजरायलद्धारा स्वीकार

मंगलवार , पौष ९, २०८१

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले हमासका नेता हानियाको हत्या गरेको स्वीकार गरेका छन् ।

इजरायलका रक्षामन्त्री काट्जले पहिलो पटक इजरायलले हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानियालाई यस वर्षको जुलाईमा इरानको राजधानी तेहरानमा मारेको स्वीकार गरेका हुन् ।

आफ्नो भाषणमा उनले यमनमा इरान समर्थित हुथी समूहका नेताहरूलाई पनि निशाना बनाउने कुरा उल्लेख गरे ।

हानिया मारिँदा तेहरानको एउटा भवनमा थिए । त्यसबेला हमास र इरानले इजरायललाई हत्याका लागि जिम्मेवार ठहराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077