Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अल्लु अर्जुनसँग प्रहरीले बयान लिंदै

अल्लु अर्जुनसँग प्रहरीले बयान लिंदै

बुधवार , पौष १०, २०८१

एजेन्सी । ‘पुष्पा २’ को प्रिमियरका क्रममा भएको भागदौड मामिलाबारे अभिनेता अल्लु अर्जुनमाथि प्रहरीले बयान लिन सुरु गरेको छ।

बयानका लागि उनी हैदाराबादको चिक्कडपल्ली प्रहरी चौकी पुगेका छन् । अल्लु अर्जुनलाई एसीपी रमेश कुमार र सीआई राजुको निगरानीमा सोधपुछ भइरहेको छ ।

सोधपुछका क्रममा अभिनेताका वकिल अशोक रेड्डी पनि उपस्थित छन्। योसँगै अल्लु अर्जुनको घरबाहिर सुरक्षा ब्यवस्था कडा पारिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

आइतबार जुबली हिल्सस्थित अभिनेताको घरमा केही व्यक्तिले तोडफोड गरेका थिए । यो घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । डिसेम्बर ४ मा हैदरावादमा ‘पुष्पा २’ को स्क्रिनिङका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो।

ती महिलाका छोरा गम्भीर घाइते भएका थिए । यस मामिलामा अभिनेता पक्राउ परेका थिए । तर, एक दिन जेलमा बिताएपछि भोलिपल्ट बिहान धरौटीमा छुटे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077