Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अजरबैजान एयरलाइन्सको जहाज कजाकिस्तानमा दुर्घटना

अजरबैजान एयरलाइन्सको जहाज कजाकिस्तानमा दुर्घटना

बुधवार , पौष १०, २०८१

एजेन्सी। काजकस्तानमा यात्रु बोकेको अजरबैजान एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।

जहाजमा सुरुमा आगो देखिएको र त्यसपछि अकताउ सहरनजिकै खसेको हो। प्रारम्भिक रिपोर्ट अनुसार दुर्घटनामा केही मानिस हताहती भएको बताइएको छ ।

स्थानीय अधिकारीका अनुसार जहाजमा ६७ जना यात्रु सवार थिए । कजाकिस्तानका आपत्कालीन मन्त्रीका अनुसार विमान दुर्घटना भएको स्थानमा पुग्न उद्धार टोलीले प्रयास गरिरहेको छ ।

जहाज बाकुबाट रूसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।

अजरबैजान एयरलाइन्सको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077