Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कजाकिस्तान जहाज दुर्घटनामा परेका २८ यात्रुको उद्धार

कजाकिस्तान जहाज दुर्घटनामा परेका २८ यात्रुको उद्धार

बुधवार , पौष १०, २०८१

एजेन्सी । कजाकिस्तानमा जहाज दुर्घटनामा परेका ६७ जनामध्ये २८ जनालाई उद्धार गरिएको छ।

दुर्घटनामा परेको जहाजबाट २८ जना यात्रुको उद्धार गरिएको हो । ६२ यात्रु र चालक दलका पाँच जना सवार अजरबैजान एयरलाइन्सको जहाज आज दुर्घटनामा परेको थियो।

अजरबैजान एयरलाइनसको फ्लाइट नम्बर जे २-८२४३ जहाज अक्टाउ सहरको विमानस्थलमा आपतकालीन अवतरण गर्नु परेको थियो। उद्धार गरिएका हरूलाई अस्पताल लगिएको छ।

जहाज अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रज्नीतर्फ उडे पनि अक्टाउ सहरको विमानस्थलमा आपतकालीन अवतरण गर्नु परेको थियो।

विभिन्न समाचार संस्थाहरूले सार्वजनिक गरेको भिडिओमा जहाज अवतरण गर्न रनवे छुनेबित्तिकै आगो लागेको र धुवाँको मुस्लो उडेको देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077