Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतका पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

भारतका पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

शनिवार , पौष १३, २०८१

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।

उनको अन्तिम संस्कार नयाँ दिल्लीको निगमबोध घाटमा हुनेछ ।

सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको हो ।

सिंहको बिहीवार राति ९२ वर्षको उमेरमा निधन भएको हो । उनको निधनमा सरकारले सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ ।

शोक आउँदो जनवरी १ तारिखसम्म मनाइनेछ । त्यस्तै राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077