Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि

भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि

शनिवार , पौष १३, २०८१

एजेन्सी । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

बिहीबार राति निधन भएका सिंहको नयाँ दिल्लीको निगमघाटमा अन्तिम संस्कार गरिएको हो ।

उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमिल शाह, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, नेता राहुल गान्धीलगायत पुगेका थिए ।

त्यसअघि सिंहको पार्थिव शरीरलाई उनको निवासबाट बिहान कांग्रेस मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

पूर्वप्रधानमन्त्री सिंहको निधनमा भारत सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077