Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

१८१ जना सवार विमान दक्षिण कोरियामा दुर्घटना

१८१ जना सवार विमान दक्षिण कोरियामा दुर्घटना

आइतवार , पौष १४, २०८१

एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यका अनुसार दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान दुर्घटना भएको हो । जसमा करिब १८१ जना सवार रहेको बताइएको छ ।

अवतरणका क्रममा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको अनुमान गरिएको छ ।

दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार, सामाजिक सञ्जालमा तस्बिर भाइरल भइरहेको छ जहाँ धुवाँ निस्किएको देख्न सकिन्छ।

यस घटनामा कति जनाको ज्यान गएको छ भन्ने यकिन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077