Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

शेरादरबार प्रकरणबारे गृहमन्त्री लेखकले लिए सीआईबीसँग ब्रिफिङ

शेरादरबार प्रकरणबारे गृहमन्त्री लेखकले लिए सीआईबीसँग ब्रिफिङ

आइतवार , पौष १४, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नुवाकोटस्थित शेरादरबार प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)सँग ब्रिफिङ लिएका छन् ।

शेरादरबारको जग्गा निजी कम्पनीले अवैधानिक रुपमा भोगचलन गरिरहेको प्रकरणमा गृहमन्त्री लेखकले सीआईबीसँग ब्रिफिङ लिएका हुन् ।

गृहमन्त्रीमन्त्री लेखकले सीआईबी प्रमुख एआईजी दिपक थापालाई मन्त्रालयमै बोलाएर शेरादरबारसँगै अन्य विषयहरुमा छलफल गरेको गृहमन्त्रीको सचिवालय स्रोतले बतायो।

त्यसक्रममा एआईजी थापाले ब्यूरोले लामो अनुसन्धानपछि शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढाइएको ब्रिफिङ गरेका थिए।

सीआईबीले शुक्रबार मात्र जग्गा सरकारको नाममा ल्याउनलाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो।

पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको जग्गा नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीले भोग चलन गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077