Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रहरी कार्यालय सहयोगी हत्या प्रकरण : गुप्तचरका इन्स्पेक्टरसहित तीन सार्वजनिक

प्रहरी कार्यालय सहयोगी हत्या प्रकरण : गुप्तचरका इन्स्पेक्टरसहित तीन सार्वजनिक

आइतवार , पौष १४, २०८१

बारा । बाराको सिमरा विमानस्थलमा कार्यरत प्रहरी कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्या गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टरसहित तीन जनालाई सार्वजनिक गरिएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार पत्रकार सम्मेलन आयोजना गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा गुप्तचरका गुप्तचरका इन्सपेक्टर श्रीकान्त तिवारी, २७ वर्षीय पुरूषोत्तम कुमार दास र २० वर्षीय ईन्द्रजित कुमार चौहान रहेका छन् ।

महोत्तरी जलेश्वर नगरपालिका–३ घर भएका इन्सपेक्टर श्रीकान्त बारामा कार्यरत छन् । यस्तै दास र चौहानको घर सिमरा उपमहानगरपालिका–१९ मा रहेको प्रहरीले जनाएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका–११ स्थित बकुलिया देखी रमौली लोसन्डा जाने सडक छेउमा बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा राज कुमार पुस ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए ।

उनीहरुले कलैया जाने भनेर रुम्बालाई बोलाएको बाटोमा पिसाब फेर्न भनेर गाडी रोकी टाउकोमा गोली हानेर हत्या गरेको बारा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रुम्बाको हत्यापछाडि युवतीका कारण सिर्जित रिसइबी र लुटपाट कारण रहेको तथ्य फेला परेको छ ।

पक्राउ परेकामाथि जिल्ला अदालत बाराबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमती लिई प्रहरीले अनुसन्धान थालेको छ । मृतक रुम्बा सिमरा विमानस्थलमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077