Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

किताबखानाका अधिकृत घुसको तीन लाखसहित पक्राउ

किताबखानाका अधिकृत घुसको तीन लाखसहित पक्राउ

आइतवार , पौष १४, २०८१

काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक), छाउनी मार्ग ताहाचलमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।

पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले तीन लाख रुपैयाँ घुससहित कार्यकक्षबाट नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077