Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

डीएसपीहरूको सरुवा : सोह्रखुट्टे वृत्तमा जागेश्वर, सिंहदरवारमा वेद

डीएसपीहरूको सरुवा : सोह्रखुट्टे वृत्तमा जागेश्वर, सिंहदरवारमा वेद

आइतवार , पौष १४, २०८१

काठमाडौं । प्रहरी प्रधान कार्यालयले केही डीएसपीहरुको काज सरुवा गरेको छ । सरुवामा उपत्यकाका प्रमुख वृत्तका प्रमुखहरु फेरिएका छन्।

सोह्रखुट्टे वृत्तमा सिआइबीमा कार्यरत डीएसपी जागेश्वर भण्डारीलाई पठाइएको छ। उपप्रधानमन्त्री प्रकाशमान सिंहको सिफारिसमा उनी त्यहाँ सरुवा भएको स्रोत बताउँछ ।

त्यहाँ कार्यरत डीएसपी सत्यनारायण थापाको एक वर्ष अवधि पुगेको थियो। त्यस्तै, सिंदरबार वृत्तमा वेद बहादुर पौडेललाई पठाइएको छ। त्यहाँ चक्रबहादुर शाह कार्यरत थिए।

त्यस्तै, इप्रका सिमरामा डीएसपी सुभद्रा वाइवालाई खटाइएको छ। त्यस्तै केही इन्स्पेक्टहरुको पनि काज सरुवा भएको छ ।

इलाका प्रहरी कार्यालय गौशालामा उत्तम सिंह भण्डारी, इलाका प्रहरी कार्यालय पटेर्वा पर्सामा प्रकाश थापालाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077