Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप, टायर बाल्दै विद्यार्थी सडकमा

प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप, टायर बाल्दै विद्यार्थी सडकमा

आइतवार , पौष १४, २०८१

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित श्री लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

उनीमाथि कक्षा ७ मा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । त्यसको विरोधमा आइतबार बिहानैदेखि विद्यार्थीहरूले प्रधानाध्यापकविरुद्ध नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरे ।

उनीहरुले टायर बालेर सडक जाम गरेपछि स्थानीय क्षेत्र तनावग्रस्त बनेको थियो । प्रदर्शनकारी विद्यार्थीहरूले प्रशासन कार्यालयमा दबाब दिँदै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

यता विद्यार्थी आन्दोलनमा उत्रिएपछि प्रधानाध्यापक झालाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077