Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

वीरगन्जबाट १६० केजी गाँजासहित दुई जना पक्राउ

वीरगन्जबाट १६० केजी गाँजासहित दुई जना पक्राउ

सोमवार , पौष १५, २०८१

पर्सा । प्रहरीले मालबाहक ट्रकबाट १६० केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ट्रकका धनीसमेत रहेका मकवानपुरका ४४ वर्षीय कृष्ण घलान र चितवनको राप्ती नगरपालिकाका २० वर्षीय राजाल विश्वकर्मा रहेका छन्।

परवानीपुरबाट वीरगन्जको ड्राइपोर्टतर्फ आउँदै गरेको ना.३ ख ४२१२ नम्बरको ट्रकबाट प्रहरीले उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

ट्रकलाई वीरगन्ज महानगरपालिका–१८ भवानीपुरमा प्रहरीले रोकेर चेकजाँच गर्दा ट्रकको हुटमा फल्स बटम बनाएर लुकाएर राखिएको १६ वटा पोकामा रहेको १ क्वीन्टल ६० केजी गाँजा बरामद भएको हो।

ट्रकबाट गाँजा बरामद भएपछि त्यसका चालक, गाडीधनी भलान र त्यसमा सवार विश्वकर्मालाई ट्रकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077