Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत स्वतः निलम्बनमा

नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत स्वतः निलम्बनमा

सोमवार , पौष १५, २०८१

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत स्वतः निलम्बनमा परेका छन्।

मेयर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि मेयर पदबाट स्वतः निलम्बनमा परेका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उपसभापति समेत रहेका नेता बस्नेतमाथि भ्रष्टाचारको मुद्दा लागेपछि पार्टी पङ्क्तिमा तरंग उत्पन्न भएको छ।

मेयर बस्नेत निलम्बनमा परेसँगै नगरपालिकाको नेतृत्व एमालेमा पुगेको छ। नागर्जुनको उपमेयरमा नेकपा एमालेबाट निर्वाचित सुशीला अधिकारी छिन्।

मेयर निलम्बनमा परेसँगै उपमेयर अधिकार स्वतः कार्यवाहक मेयर बनेको नगरपालिका प्रवक्ता महेश रिमालले बताए।

अधिकारी पनि दोस्रो पटक उपमेयर निर्वाचित भएकी हुन् ।मेयर बस्नेतमाथि २२ करोडभन्दा माथि बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077