Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

डिएसपीको काज विवादमा : संशोधनको तयारी

डिएसपीको काज विवादमा : संशोधनको तयारी

सोमवार , पौष १५, २०८१

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आइतबार निकालेको डिएसपीहरुको काज विवादमा परेको छ।

सरुवा भएका अधिकारीले नै त्यसमा असन्तुष्टि जनाएपछि संशोधनको तयारी गरिएको छ।

प्रहरी प्रधान कार्यालयले चार महत्वपूर्ण कार्यालयका डिएसपी हेरफेर गरेको थियो।

काठमाडौंको सोह्रखुट्टे वृत्तमा जागेश्वर भण्डारी, सिंहदरबारमा बेदबहादुर पौडेल, हुम्लामा शंकर पोखरेल र इप्रका सिमरामा सभद्रा वाइवालाई काजमा खटाइएको छ।

यसमध्ये सिंहदरबार वृत्तको सरुवा हेरफेर हुने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

डिएसपी पौडेल आफैंले समेत सो सरुवाप्रति असन्तुष्टि जनाएका छन्। प्रहरी प्रधान कार्यालयले केही इन्सपेक्टरको समेत काज निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077