Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फिल्म ‘कुस्ती’ निर्माण गर्ने बुद्धि तामाङको घोषणा

फिल्म ‘कुस्ती’ निर्माण गर्ने बुद्धि तामाङको घोषणा

सोमवार , पौष १५, २०८१

काठमाडौं । कलाकार बुद्धि तामाङले फिल्म निर्माण गर्ने भएका छन् । सोमबार तमु ल्होसारको अवसर पारेर उनले फिल्म ‘कुस्ती’ निर्माण गर्ने घोषणा गरेका हुन् ।

अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्र कुस्तीमा अभिनेता तामाङसँगै धीरज मगर र अभिनेत्री मिरुना मगरले अभिनय गर्नेछन्। चलचित्रको सार्वजनिक गरिएको पोस्टरमा कलाकारको आवरण (लुक्स) चरित्रअनुसार राखिएको छ ।

काठमाडौँ रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्ने चलचित्रको छायाङ्कन आउँदो फागुनमा हुने बताइएको छ ।

अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा तयार हुने उक्त चलचित्र आउँदो वर्ष २०८२ भदौमा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077