Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

इटहरी उपमहानगरपालिकाको गेट अगाडि शंकास्पद वस्तु फेला

इटहरी उपमहानगरपालिकाको गेट अगाडि शंकास्पद वस्तु फेला

मंगलवार , पौष १६, २०८१

सुनसरी । सुनसरीका दुई स्थानमा शंकास्पद वस्तु फेला परेका छन् । सुनसरी प्रहरीका अनुसार इटहरी उपमहानगरपालिकाको गेट अगाडि र धरानको भोटे पुल नजिकै शंकास्पद वस्तु फेला परेका हुन् ।

उपमहानगरपालिकाको गेट अगाडि कालो झोलामा तारसहितको शंकास्पद वस्तु फेला परेको जानकारी आएपछि अहिले नेपाली सेनाले टोलीले डिस्पोज गरेको सुनसरी प्रहरीले जनाएको छ ।

यता भोटे पुलमा पनि बम राखेको भन्दै प्रहरीलाई सूचना आएपनि उक्त स्थानमा भने शंकास्पद वस्तु फेला परेको छैन ।

यद्धपी प्रहरीले खोजतलास गरिरहेको छ । प्रहरीलाई राजावादी समूहको नाममा बम राखेको भन्दै जानकारी आएको बताइएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077