Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

इटहरी उपमहानगरपालिका अगाडि राखेको शंकास्पद वस्तु निष्क्रिय

इटहरी उपमहानगरपालिका अगाडि राखेको शंकास्पद वस्तु निष्क्रिय

मंगलवार , पौष १६, २०८१

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयअगाडि राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ।

उपमहानगरपालिकाको कार्यालयअगाडि राखेको बम मंगलबार नेपाली सेनाले निष्क्रिय पारेको हो।

अन्य दुई ठाउँमा पनि त्यस्तै वस्तु रहेको सूचना पाएको पनि ती ठाउँमा केही फेला नपरेको प्रहरीले जनाएको छ।

मंगलबार बिहानै प्रहरीलाई एनसेलको एउटा नम्बरबाट बम राखेको सूचना आएको थियो।

इटहरी उपमहानगरअगाडि प्रेसर कुकरमा तार बेरेको होक्स फेला परेको थियो।

बम रहेको हल्लापछि पूर्वपश्चिम राजमार्ग केहीबेर अवरुद्धसमेत बनेको थियो। अहिले यातायात सञ्चालन भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077