Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सूर्यदर्शन सहकारी ठगीमा रविसहित ६ जनाको बयान सकियो

सूर्यदर्शन सहकारी ठगीमा रविसहित ६ जनाको बयान सकियो

मंगलवार , पौष १६, २०८१

पोखरा । सुर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान अन्तिम चरणमा पुगेको छ ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा हालसम्म लामिछानेसहित ६ जनाको बयान सकिएको हो । आज प्रतिवादी आरती गुरुङसँग बयान चलिरहेको अदालतले जनाएको छ ।

लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाई, रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङसँग यसअघि नै बयान सकिएको हो ।

आरतीसँग बयान सकेर आजै थुनछेक बहस सुरु हुने बताईएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।

प्रतिवादीहरू सबैलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077