Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी

मंगलवार , पौष १६, २०८१

एजेन्सी।  दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

युनले देशमा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको हो । पूर्व राष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा मार्सल ल लगाएका थिए ।

तर, चर्को विरोधपछि उनले ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो । यसपछि युनविरुद्ध महाभियोग प्रस्ताव ल्याइयो र उनलाई राष्ट्रपति पदबाट हटाइयो।

युनको मार्शल ल लागू गर्ने निर्णयको बिरूद्ध अनुसन्धान भइरहेको छ। उनलाई विद्रोह र देशद्रोहको आरोप लगाइएको छ।

अनुसन्धानका क्रममा विगत दुई सातामा पूर्वराष्ट्रपतिलाई सोधपुछका लागि तीनवटा समन पठाए पनि उनले बेवास्ता गरेका थिए । त्यसपछि उनीविरुद्ध यो वारेन्ट जारी भएको हो ।

वारेन्ट मार्फत, अदालतले अन्वेषकहरूलाई युनसँग सोधपुछ गर्न र उनलाई हिरासतमा लिन ४८ घण्टाको समय दिएको छ।

आइतबार राती, अनुसन्धानकर्ताहरूले विद्रोह र शक्तिको दुरुपयोगको आरोपमा पक्राउ पुर्जी मागेका थिए। तर, युनका वकिलले अन्वेषकहरूको यो कदमलाई 'अवैध' भनेका छन्।

मार्शल लको घोषणापछि दक्षिण कोरिया राजनीतिक संकटमा छ । युन र उनका उत्तराधिकारी दुवैलाई महाभियोगमार्फत हटाइयो। -बिबिसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077