Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

काममा लगाइदिने भन्दै घर बोलाएर १२ वर्षीया बालिकासँग विवाह, दुईजना पक्राउ

काममा लगाइदिने भन्दै घर बोलाएर १२ वर्षीया बालिकासँग विवाह, दुईजना पक्राउ

मंगलवार , पौष १६, २०८१

अर्घाखाँची । अर्घाखाँचीमन १२ वर्षीय बालिकाको विवाह गराएको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका–९ की शकुन्तला सारू र सन्धिखर्क नगरपालिका–८ का मुमाराम बिक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पक्राउ परेकामध्ये शकुन्तलाले १२ वर्षीय बालिकालाई काम लगाइदिने भन्दै घर बोलाएर मुमारामसँग विवाह गराइदिएको आरोप छ ।

शकुन्तलाले मिलाइदिएपछि मुमारामले ती बालिकालाई सिन्दूर हालेर घर भित्र्याएको बताइएको छ ।

बालिकाका काकाले प्रहरीसमक्ष दिएको जाहेरीका आधारमा दुवै जना पक्राउ परेको प्रहरीले जनाएको छ । दुवै जनालाई अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077