Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

'प्रहरी हौँ' भन्दै साथीसँग हिँडिरहेकी किशोरीलाई अपहरण, दुईजना पक्राउ

'प्रहरी हौँ' भन्दै साथीसँग हिँडिरहेकी किशोरीलाई अपहरण, दुईजना पक्राउ

मंगलवार , पौष १६, २०८१

कञ्चनपुर । कञ्चनपुरमा 'प्रहरी हौँ' भन्दै किशोरीलाई अपहरण गरेर शरीर बन्धक बनाएको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१६ बस्ने ३५ वर्षीय महेश सिंह खत्री र ३३ वर्षीय धुर्व जोशी रहेको छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार राति १२ बजे भीमदत्त नगरपालिका–६ को शिव मन्दिर नजिकै नहरमा साथीसँग हिंडिरहेको अवस्थामा १६ वर्षीया किशोरीलाई अपहरण गरिएको थियो ।

प्रहरीले आइतबार बिहान मात्र किशोरीलाई भीमदत्त नगरपालिका–१६ वसन्तपुरबाट उद्दार गरेको थियो । उनीहरु दुवै जनाले हामी प्रहरी हौं भन्दै किशोरीलाई मोटरसाइकलमा राखेर अपहरण गरेको प्रहरीले जनाएको छ ।

दुवै जनाले किशोरी अपहरण गर्न प्रयोग गरेको बा. ५५ प ९६१३ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ । उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक लिन नहुने कसूरमा जिल्ला अदालतबाट ७ म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077