Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रहरी जवान पदको लिखित परीक्षाको नतिजामा 'गडबढ' !

प्रहरी जवान पदको लिखित परीक्षाको नतिजामा 'गडबढ' !

मंगलवार , पौष १६, २०८१

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी जवान पदको लिखित परीक्षाको नतिजामा गडबढ भएको खुलेको छ । लोक सेवा आयोगले लिएको जनपद समूहतर्फ रिक्त प्रहरी जवान पदको लिखित परीक्षाको नतिजामा गडबढ भएको खुलेको हो ।

मंगलबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले लोक सेवा आयोगबाट गत मंसिर १ गते प्रकाशित लिखित परीक्षाको नतिजामा अन्यथा हुन गएको जानकारी दिएको छ ।

नतिजामा अन्यथा हुन गएको भन्दै आयोगले २६ जना उत्तीर्ण उम्मेदवारहरूको नामावली समावेश गरी संशोधित सूचना प्रकाशन गरेको छ ।

संशोधित सूचनामा भनिएको छ, 'नेपाल प्रहरीमा जनपद समूह तर्फ रिक्त प्रहरी जवान पदको लोक सेवा आयोगबाट मिति २०८९/०८/०१ गते प्रकाशित लिखित परीक्षाको नतिजामा अन्यथा हुन गएकोले आयोगको मिति २०८१/०९/१६ गतेको निर्णयानुसार देहायका रोल नं. नाम थर भएका उत्तीर्ण उम्मेदवारहरूको नामावली समावेश गरी जानकारीका लागि यो संशोधित सूचना प्रकाशन गरिएको छ ।'

उत्तीर्ण भएका उम्मेदवारहरूको अन्तर्वार्ता तालिका नेपाल प्रहरीको वेबसाइटमा बुधबार प्रकाशन गरिने पनि सूचनामा उल्लेख छ । यसअघि मंसिर १ गते सार्वजनिक भएको लिखित परिक्षाको नतिजामा दुई हजार ६११ जना उत्तीर्ण भएका थिए । उनीहरुको अन्तर्वार्तासमेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077