एजेन्सी । यमनका राष्ट्रपति रसद अल अलिमीले भारतीय नर्स निमिषा प्रियालाई दिइएको मृत्युदण्डको सजायलाई अनुमोदन गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति अलिमीले जेलमा बन्द भारतीय नर्स निमिषालाई दिइएको मृत्युदण्डको सजायलाई अनुमोदन गरेका हुन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सरकारले यस प्रकरणमा हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।
केरलाकी निमिशामाथि सन् २०१७ मा यमनका नागरिक महदीको हत्या गरेको आरोप लागेको थियो ।