Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

विराटनगरबाट १५५ किलो गाँजासहित दुई जना पक्राउ

विराटनगरबाट १५५ किलो गाँजासहित दुई जना पक्राउ

बुधवार , पौष १७, २०८१

विराटनगर । प्रहरीले भारत लैजाँदै गरेको १५५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-१८ स्थित भट्टा चोकमा प्रहरीलाई छलेर भागेको को १ च ९५८२ नम्बरको स्कारपियोमा गाडीमा लोड गरिएको १५५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भागेको स्कारपियो खोजी गर्ने क्रममा जहदा गाउँपालिका-१ को धुनी बस्तीमा फेला परेको थियो ।

सो स्थानबाट प्रहरीले स्कारपियो चालक धरान उपमहानगरपालिका-१२ का २४ वर्षीय राहुल विश्वकर्मा र गाडीमा सवार धनकुटाको शहीदभूमि गाउँपालिका-६ का १९ वर्षीय सुरज राईलाई पक्राउ गरेको हो ।

मंगलबार राति करिब साढे १० बजे प्रहरीको चेकिङ छलेर भागेको गाडी खोज्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको टोली खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077