Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पाँच एसएसपीको सरुवा, ललितपुरमा अधिकारी

पाँच एसएसपीको सरुवा, ललितपुरमा अधिकारी

बुधवार , पौष १७, २०८१

काठमाडौं । नेपाल प्रहरीका पाँच वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । मंगलबार साँझ गृहमन्त्री स्तरीय निर्णयबाट पाँच एसएसपीहरूको सरुवा भएको हो । यद्यपी अहिलेसम्म पत्र भने सार्वजनिक भएको छैन ।

सरुवा सूचीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरीमा कार्यरत एसएसपी श्यामकृष्ण अधिकारीलाई जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा सरुवा गरिएको छ भनेन ललितपुरमा कार्यरत एसएसपी शेखर खनाललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा सरुवा गरिएको छ ।

एसएसपी अधिकारीले ललितपुरमा आफ्नो सरुवा भएको अनलाइन नेपालसँग पुष्टि गरेका छन् ।

रानीपोखरीका एसएसपी विनोद घिमिरेलाई भने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरवारमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा सरुवा गरिएको छ ।

अपराध अनुसन्धान विभागमा कार्यरत रहेका एसएसपी भूपेन्द्र खत्रीलाई भरतपुर शिक्षालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077