Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

१५५ किलो गाँजा बोकेको जिप प्रहरीको गाडीलाई ठक्कर दिएर भागेपछि...

१५५ किलो गाँजा बोकेको जिप प्रहरीको गाडीलाई ठक्कर दिएर भागेपछि...

बुधवार , पौष १७, २०८१

मोरङ । प्रहरीको जिपलाई ठक्कर दिएर भागेको जिपबाट १५५ किलो गाँजा बरामद भएको छ ।

मोरङ प्रहरीका अनुसार स्कार्पियो जिपमा रहेको गाँजासहित मोरङ प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

को१च ९५८२ नम्बरको जिप मंगलबार राति चेकजाँचका लागि रोक्न खोज्दा प्रहरीको गाडीलाई ठक्कर दिएर भागेको थियो ।

गाडीलाई पिछा गरेर जिल्ला प्रहरी मोरङ र इलाका प्रहरी कार्यालय रानीसहितको टोलीले राति नै जहदा गाउँपालिका–१ धुनी टोलबाट नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–१२ का चालक २४ वर्षीय राहुल विश्वकर्मा, धनकुटा सहिदभूमि गाउँपालिका–६ का १९ वर्षीय सुरज राई रहेका छन् । उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077