एजेन्सी । भारतको एक होटलमा एकै परिवारका पाँच जनाको शव भेटिएको छ ।
लखनउको नाका क्षेत्रमा नयाँ वर्षको पहिलो दिन नै एउटै परिवारका पाँच जनाको शव भेटिएको हो । मृतकमध्ये आमा र उनका चार जना छोरी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरू सबै नयाँ वर्ष मनाउन आगराबाट लखनउ आएका थिए । प्रहरीले मृतक आमाका छोरा अरशदलाई पक्राउ गरेको छ । अरशदले आफूले नै हत्या गरेको स्वीकारेको दाबी गरिएको छ ।
हत्यामा उनका बुबा पनि संलग्न रहेको शङ्कामा प्रहरीले खोजी गरिरहेको छ ।
हत्या हुनुअघि पाँचैं जनालाई अभियुक्तले नशालु पदार्थ खुवाएको अनुसन्धानबाट खुलेको छ । गला दबाएर र नशा काटेर उनीहरूको हत्या भएको पाइएको प्रहरीले जनाएको छ ।