Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दुई डीआईजीको एआईजीमा बढुवा सिफारिस

दुई डीआईजीको एआईजीमा बढुवा सिफारिस

बुधवार , पौष १७, २०८१

काठमाडौं । नेपाल प्रहरीमा दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले कुबेर कडायत र रबिन्द्र केसीलाई एआईजी बढुवा गर्न सिफारिस गरेको हो । कडायत

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् भने केसी नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय नक्सालमा कार्यरत रहेका छन् ।

एआईजीमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077