Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अमेरिकामा नयाँ वर्ष मनाइरहेका मानिसहरूमाथि ट्रक चलाइँदा १५ जनाको मृत्यु

अमेरिकामा नयाँ वर्ष मनाइरहेका मानिसहरूमाथि ट्रक चलाइँदा १५ जनाको मृत्यु

बिहिवार , पौष १८, २०८१

एजेन्सी । अमेरिकाको न्यु अर्लियन्समा नयाँ वर्ष मनाइरहेका मानिसहरूको भीडमा पिकअप ट्रक चलाइएको छ । जसमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौं बढी घाइते भएका छन् ।

सहरको सबैभन्दा व्यस्त बोर्बोन स्ट्रिटमा हजारौं मानिसहरू उत्सव मनाइरहेका थिए। अचानक एउटा गाडी भीडलाई कुचल्दै अगाडि बढेको त्यहाँ उपस्थित मानिसकहरूले बताएका छन् ।

यसपछि आक्रमणकारी पिकअप ट्रकबाट बाहिर आए र मानिसहरूमाथि गोली चलाएका थिए । जवाफी कारबाहीमा प्रहरीले पनि गोली चलाउँदा आक्रमणकारीको मृत्यु भएको थियो भने भिडन्तमा दुई प्रहरी पनि घाइते भएका छन् ।

आक्रमणकारीको पहिचान समसुद्दीन जब्बार रहेको खुलेको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ भने घाइतेहरूलाई सहरका ५ अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077