Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सहकारीमा रवि लामिछानेको हस्ताक्षर नक्कली भएको फरेन्सिक रिपोर्टबाट प्रमाणित

सहकारीमा रवि लामिछानेको हस्ताक्षर नक्कली भएको फरेन्सिक रिपोर्टबाट प्रमाणित

बिहिवार , पौष १८, २०८१

काठमाडौं । सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँ कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नक्कली भएको प्रहरीको फरेन्सिक रिपोर्टले देखाएको छ ।

०७७ जेठ र असारमा सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको ग्लोबल आइएमई बैंक खातामा जम्मा भएको एक करोड रुपैयाँ लामिछानेको नाममा कर्जा देखाइएको थियो । तर फरेन्सिक प्रतिवेदनले हस्ताक्षर उनीसँग मेल नखाने पुष्टि गरेको हो ।

स्रोतका अनुसार कास्की जिल्ला अदालतमा भएको बहसमा जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले पनि कर्जा खाता कृत्रिम रहेको स्वीकार गरेकी छन् । तर प्रहरीको अनुसन्धान प्रतिवेदनमा सो फरेन्सिक रिपोर्ट समावेश भए पनि अदालतमा भने नभेटिएको स्रोतले बतायो ।

लामिछानेले रकम व्यक्तिगत रूपमा प्रयोग नगरेको प्रमाणित भएको वकिलहरूले बताएका छन् । प्रहरीले लामिछानेको नाम देखाएर गोर्खा मिडियामा गएको एक करोड कर्जालाई समेत ठगीको बिगो मानेर अभियोग दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077