Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गौशालास्थित एक होटलमा युवती मृत फेला

गौशालास्थित एक होटलमा युवती मृत फेला

बिहिवार , पौष १८, २०८१

काठमाडौं । काठमाडौंको गौशालास्थित एक होटलमा युवती मृत फेला परेकी छन्।

पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत अवस्थामा फेला परेकी हुन् । बुधबार दिउँसो होटलको कोठा नम्बर ३ सय ८ मा युवती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो ढोका नखुलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा कोठाको ढोका खोलेर हेर्दा युवतीको शव फेला परेको थियो।

मृतक कागेश्वरी मनोहरा नगरपालिका घर भएकी अन्दाजी २३ वर्षीया युवती हुन्। उनको पहिचान प्रहरीले खुलाएको छैन। प्रहरीले घटनास्थलको मुचुल्का गरी पोष्टमर्टमको लागि शव टिचिङ अस्पताल पठाइएको छ।

घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077