Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नयाँ वर्षको दिन मानिसहरुको भिडमा ट्रक कुदाउने व्यक्ति पूर्व अमेरिकी सैनिक भएको पुष्टि

नयाँ वर्षको दिन मानिसहरुको भिडमा ट्रक कुदाउने व्यक्ति पूर्व अमेरिकी सैनिक भएको पुष्टि

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नयाँ वर्षको दिन अमेरिकामा भएको हमलामा जिहादी समूह इस्लामिक स्टेटको संलग्नता रहेको पाइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले न्यू अर्लिन्समा भिडमा गाडी जोतेर हमला गर्ने आक्रमणकारीले आफू जिहादी समूह इस्लामिक स्टेटबाट प्रेरित भएको र मानिसहरूलाई हत्या गर्ने इच्छा व्यक्त गरेको भिडिओ अपलोड गरेको पाइएको बताएका हुन्।

बुधवार अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन बिहान सबेरै उक्त सहरमा भएको हमलामा परेर कम्तीमा १५ जनाको ज्यान जानुका साथै कैयौँ घाइते भएका थिए ।

टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले पीडितप्रति समवेदना प्रकट गर्दै संदिग्ध व्यक्तिमाथि अनुसन्धान जारी रहेको जनाएका छन्।

अधिकारीहरूले भिडमा गाडी जोतेर हमला गर्ने संदिग्ध व्यक्तिको पहिचान खुलेको बताएका छन्। उनका अनुसार ती व्यक्ति टेक्सस राज्यका ४२ वर्षीय अमेरिकी नागरिक शमसुद दिन जब्बर हुन्।

उनी पूर्व अमेरिकी सैनिक रहेको अधिकारीहरूले बताएका छन्। प्रहरीसँगको गोली हानाहानमा उनी मारिएका थिए। प्रहरीका अनुसार उनले ठूलो भिडमा तीव्र गतिमा पिकअप ट्रक कुदाएका थिए। त्यस क्रममा १५ जनाको ज्यान जानुका साथै अन्य ३५ जना घाइते भएका हुन्।

संघीय जाँच ब्यूरो एफबीआईले भिडमा कुदाइएको ट्रकमा इस्लामिक स्टेट समूहको झन्डा भेटिएको जनाएको छ। त्यसपछि उक्त घटनालाई ‘आतङ्कवादी कार्य’ मानेर अनुसन्धान गरिरहेको एफबीआईले जनाएको छ।

उक्त घटनाका निम्ति ती व्यक्ति मात्र एक्लै जिम्मेवार नभएको र अन्य व्यक्तिको संलग्नता पनि हुनसक्ने न्यू अर्लिन्सका अनुसन्धानकर्ताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077