Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गौशालास्थित होटेलमा मृत फेला परेकी युवतीसँगै बसेका युवक मोबाइल लिएर फरार

गौशालास्थित होटेलमा मृत फेला परेकी युवतीसँगै बसेका युवक मोबाइल लिएर फरार

बिहिवार , पौष १८, २०८१

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित होटेलमा मृत भेटिएकी युवतीसँगै बसेका युवक फरार भएका छन् ।

काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत फेला परेकी युवतीसँगै बसेका युवक मृतकको मोबाइलसमेत लिएर फरार भएका हुन् ।

२२ वर्षीया खड्का बुधबार साँझ पिंगलास्थानस्थित वाग्मती होटेलको ३०८ नम्बर कोठामा मृत फेला परेकी थिइन् ।

बाहिरबाट कोठा बन्द गरिएको अवस्थामा उनको शव फेला परेको थियो । सुस्मितासँग कोठामा उनका केटा साथी समेत बसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

मृत्युपछि भने ती युवक चाबी लगाएर भागेको देखिएको प्रहरीले जनाएको छ । मृत फेला परेकी युवतीको कोठामा रेडबुलको बट्टा भेटिएको छ ।

अन्य कुनै खानेकुराहरू नभेटिएकाले घटनाको प्रकृति हेर्दा ती युवतीले रेडबुल पिएको जस्तो देखिएको प्रहरी स्रोतले बतायो ।

फरार युवकको पहिचान भइसकेको र पक्राउ गर्न मात्रै बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077