Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सुस्मिताको हत्या उनैको प्रेमी देवबहादुरले गरेको प्रहरीको ठहर

सुस्मिताको हत्या उनैको प्रेमी देवबहादुरले गरेको प्रहरीको ठहर

बिहिवार , पौष १८, २०८१

काठमाडौं । गौशाला, पिंगलास्थानमा मृत फेला परेकी २१ वर्षीया सुस्मिता खड्काको हत्या उनकै प्रेमीले गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सुस्मिताको हत्या उनकै प्रेमी देवबहादुर थापाले गरेका हुन् । यद्यपी उनले कसरी हत्या गरे भन्ने बारे भने पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।

जापान जाने तयारीका लागि भाषा कक्षामा सहभागी सुस्मिता र देवबहादुर प्रेमी, प्रेमिका थिए । देवबहादुर केही समय जापान बसेर फर्किएका हुन् । थापा मंसिर ३० गते जापानबाट काठमाडौं आएका हुन् ।

ओखलढुंगा, सिस्नेरी स्थायी ठेगाना भएका थापा काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका, आलापोटमा बस्दै आएका थिए । मृतक सुस्मिताको घर पनि आलापोटमै हो ।

उनीहरू पुस १६ गते राति साढे १० बजे पिंगलास्थानस्थित होटल बागमतीको कोठा नं. ३०८ मा छिरेका थिए । १२ बजे थापा कोठबाट बाहिर निस्किए । त्यसक्रममा उनले बाहिरबाटै चुक्कुल लगाएको प्रहरीले जनाएको छ ।

लामो समयसम्म कोठा नखुलेपछि होटलमा रहेको मास्टर किबाट कोठा खोलिएको थियो । त्यसबेलासम्म युवतीको मृत्यु भइसकेको थियो ।

कोठाभित्र रेडबुलका केही बट्टामात्रै भेटिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन्–‘कुनै धारिलो हतियार वा हत्या गर्ने कसुरमा प्रयोग हुने अन्य सामान बरामद भएको छैन ।’

बाहिरबाट ढोका लगाएर भागेको र युवतीको मोबाइल पनि साथमै लगेका कारण हत्या थापाबाटै भएको प्रहरीको दाबी छ । उनी हालसम्म फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077