Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सरकार कांग्रेसको बलमा छ, ओलीजी एक्लै अगाडि जान सक्नुहुन्न : कृष्ण सिटौला

सरकार कांग्रेसको बलमा छ, ओलीजी एक्लै अगाडि जान सक्नुहुन्न : कृष्ण सिटौला

बिहिवार , पौष १८, २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार नेपाली कांग्रेसको बलमा रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेसको बलमा सरकारमा रहेको बताए ।

कांग्रेसको साहरामा प्रधानमन्त्री बनेकाले कांग्रेसबेगर एक्लै अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।

उनले भने, ‘आखिर यो सरकार हाम्रो बलमा छ। केपी ओलीजी प्रधानमन्त्री हाम्रो बलमा हुनुहुन्छ। हाम्रो सहारामा हुनुहुन्छ। हामीबेगर उहाँ अगाडि एक्लै जान सक्नुहुन्छ भनेर हामी कोही पनि कल्पना गर्न सक्दैनौँ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077