Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ट्रम्पका आलोचक चेनीलाई सेवा पदक प्रदान गर्ने बाइडेनको घोषणा

ट्रम्पका आलोचक चेनीलाई सेवा पदक प्रदान गर्ने बाइडेनको घोषणा

बिहिवार , पौष १८, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले पूर्व रिपब्लिकन सांसद तथा डोनाल्ड ट्रम्पका कट्टर आलोचक लिज चेनीलाई नागरिक सेवा पदक प्रदान गर्ने घोषणा गरेका छन् ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’वायोमिङका पूर्व प्रतिनिधिसहित अन्य १९ जना प्रतिष्ठित व्यक्तित्वलाई आफ्नो देश वा आफ्ना नागरिकका लागि अनुकरणीय सेवाका लागि राष्ट्रपति नागरिक पदकप्रदान गरिनेछ ।”

सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल दङ्गामा ट्रम्पको भूमिकाको छानबिन गर्ने हाउस कमिटीको अध्यक्षता गरेका पूर्व अमेरिकी सिनेटर क्रिस डोड, पूर्व अमेरिकी प्रतिनिधि क्यारोलिन म्याकार्थी र वर्तमान सांसद बेन्नी थम्पसनलाई पनि अमेरिकी सरकारले प्रदान गरेको दोस्रो सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ ।

पूर्व उपराष्ट्रपति डिक चेनीकी छोरी चेनीले समितिको उपाध्यक्षको रूपमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077