Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजबाट, यस्ता छन् एजेन्डा

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजबाट, यस्ता छन् एजेन्डा

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

पार्टीको प्रथम महाधिवेशनको मिति टुंगो लगाउन आज बैठक बस्न लागेको हो ।

आजदेखि काठमाडौंमा सुरु हुने बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको सांगठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ संगठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुनेछ ।

बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक र महामन्त्री राजाराम बर्तौलाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । साथै, राप्रपा नेपालले पुस २७ गते राष्ट्रिय एकता दिवस भव्य तरिकाले मनाउनका लागि तयारी पनि गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077