Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

विधानअनुसारको बहसलाई बन्देज लगाउनु उचित होइन, अराजकता स्वीकार्य हुँदैन : कर्ण थापा

विधानअनुसारको बहसलाई बन्देज लगाउनु उचित होइन, अराजकता स्वीकार्य हुँदैन : कर्ण थापा

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । सत्तारुढ नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज लगाउनु कुनै दृष्टिकोणले उचित नमानिने टिप्पणी गरेको छ ।

एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावलमाथि कारबाही गरेको एक सातापछि उनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज लगाउनु कुनै दृष्टिकोणले उचित नमानिने बताए ।

‘स्वस्थ्य राजनीतिक, वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता कार्यकर्ताको धर्म हो,’ नेता थापाले सामाजिक सञ्जाल लेखेका छन्, ‘तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित मानिदैन ।’

उनले पार्टीमा अराजकता र अनुशासनहिता पनि स्वीकार्य नहुने प्रष्ट पारे । विचार र विष्लेषणको श्रृंखला टुट्दा राजनीतिक धरातल सकिने र राजनीतिकर्मीको मृत्यु हुने उनको टिप्पणी छ ।

‘विचारमा आधारित भएर राजनीतिक बहस गरौँ । सबै प्रकारका असन्तुष्टहरूको विरोधको निशाना बनेको एमालेलाई वैचारिक हतियारको बलबाटै मजवुत पार्न सकिन्छ,’ थापाले भनेका छन्, ‘एमालेको सम्पूर्ण पंक्ति यस दिशातिर अगाडि बढ्नु उचित हुनेछ । असभ्यताको प्रदर्शन असामाजिक र गैरराजनीतिक भएकाले कसैका लागि हितकर हुँदैन ।’

एमाले नेता थापा पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेव भण्डारीसँग निकट छन् । एमालेबाट निकालिएका रावलसँग उनको व्यक्तिगत सम्बन्ध राम्रो थिएन । तर उनी पनि रावललाई पार्टीबाट निकाल्न नहुने पक्षमा थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077