Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

भ्रष्टाचारविरुद्ध सबै एकजुट हुनुपर्छ : प्रचण्ड

भ्रष्टाचारविरुद्ध सबै एकजुट हुनुपर्छ : प्रचण्ड

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए ।

अध्यक्ष प्रचण्डले भने,‘जहाँ भ्रष्टाचार भएको, समाजले मानेको छ । गम्भीर ढंगले सदनमा प्रश्नहरू उठेका छन् । जनताले हेर्न चाहेको छ त्यहाँ हामी इमानदारिताका साथ त्यसको अनुसन्धानमा लाग्न जरुरी छ।’

यसको निम्ति राजनीतिक दलहरूका बीचमा सहमति र एकता हुन आवश्यक रहेको उनले बताए ।

नियत र निष्ठा कसको के हो भन्ने कुरा बढी महत्वपूर्ण हुने प्रचण्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077