Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

पूर्वप्रधान्यायाधीशको नेतृत्वमा भ्रष्टाचार छानबिन गरौं : अर्जुननरसिंह केसी

पूर्वप्रधान्यायाधीशको नेतृत्वमा भ्रष्टाचार छानबिन गरौं : अर्जुननरसिंह केसी

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचारको छानबिनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेता केसीले सो कुरा बताएका हुन् ।

उनले विभिन्न भ्रष्टाचार काण्डहरूको छानबिन गर्न निष्पक्ष ढंगबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन गरिनुपर्ने बताए।

उनले देश अत्यन्त चुनौतिपूर्ण परिस्थितिमा रहेको तथा आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति रहेको पनि बताए।

दण्ड विहीनता, विधि विहीनता र सुशासनको नाममा निरन्तर ओठे भक्ति प्रदर्शनको कुनै अर्थ नहुने उनको भनाइ छ। भ्रष्टाचार नियन्त्रणका लागि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने धारणा पनि उनले राखे ।

यसो गर्दा भ्रष्टाचार नियन्त्रणमा सहयोग हुने उनको विश्वास छ। सत्तामा पुगेको व्यक्तिले भ्रष्टाचार गरेर रकम थुपारेको भ्रम फैलाइएको भन्दै उनले त्यसलाई नियन्त्रणका लागि पनि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077