Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

लिथुआनिया पठाइदिन्छु भन्दै ११ लाख ठग्ने गौतम पक्राउ

लिथुआनिया पठाइदिन्छु भन्दै ११ लाख ठग्ने गौतम पक्राउ

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । वैदेशिक रोजगारका लागि लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

आकर्षक तलबको प्रलोभनमा पारी लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका-८ बस्ने ३६ वर्षीय समय गौतमलाई पक्राउ गरेको हो।

गौतमले लिथुआनिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077