Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सिटिजन्स बैंकको खाताबाट साढे तीन करोड चोरी, २४ जनाविरुद्ध मुद्दा दायर

सिटिजन्स बैंकको खाताबाट साढे तीन करोड चोरी, २४ जनाविरुद्ध मुद्दा दायर

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । सिटिजन्स बैंकको खातामा रहेको साढे तीन करोड रूपैयाँ भन्दा बढी रकम चोरी गरेको आरोपमा २४ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

एफवान सफ्टको सिस्टम ह्याक गरेर सफ्टकै खाताबाट तीन करोड ५१ लाख ५० हजार ३७० रुपैयाँ चोरी भएको थियो । उक्त चोरी प्रकरणमा २४ जनालाई प्रतिवादी बनाउँदै प्रहरीको केन्द्रीय साइबर ब्यूरोले काठमाडौं जिल्ला अदालतमा विद्युतीय ठगीको कसुरमा मुद्दा दायर गरेको हो ।

ब्यूरोका अनुसार सो रकम चोरीमा प्रतिवादी बनाइएका २४ जनामध्ये नौजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ललितपुरको त्रिगुण रत्न बज्रचार्य, सिरहाका राहुल ठाकुर, सिरहाकै पुरुषोतम साह, सप्तरीका कृष्णरमण राउत, सप्तरीकै संजिवकुमार शर्मा, उदयपुरका कमल थापा मगर, उदयपुरकै दीपक थापा मगर, सुनसरीका सन्देश राई र सुनसरीकै सागरकुमार साह छन् । बाँकी १५ जना भने फरार छन् । उनीहरुको प्रहरी खोजी कार्य तीव्र पारेको छ ।

सिटिजन्स बैंकको सफ्टवेयर एफ वान सफ्टले निर्माण गरेर एफवान सफ्टले नै सिटिजन्स बैंकको दरबारमार्ग स्थित शाखामा खाता खोलेको थियो। उक्त सफ्टवेयर ह्याक गरेर एफ वान सफ्टकै खाताबाट तीन करोड ५१ लाख ५० हजार ३७० रुपैयाँ चोरी भएको खुलेको छ ।

ह्याक गरिएको रकम उनीहरुको खातामा ट्रान्फर गरेर त्यहाँबाट विदेश लगिएको खुलेको अनुसन्धानबाट खुलेको छ । एफ वान सफ्टको खाताको रकम १ अक्टोबर २०२४ देखि ४ अक्टोबर २०२४ सम्म पटक पटक ह्याक गरेर निकालिएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077