Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मुद्दा जिताइदिने भन्दै सर्वोच्चका कर्मचारीले १० लाख घुस लिएको आरोप

मुद्दा जिताइदिने भन्दै सर्वोच्चका कर्मचारीले १० लाख घुस लिएको आरोप

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । सर्वोच्च अदालतका एक कर्मचारीले १० लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ ।

मुद्दा जिताइदिने सर्वोच्चका कर्मचारी पुष्कर थापाले १० लाख रुपैयाँ घुस लिएको ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका निवासी सुशीला निरौलाले आरोप लगाएकी हुन् ।

निरौलालेले सर्वोच्च अदालत र विभिन्न कर्मचारी संगठनलाई लेखेको पत्रमा आफ्नो दिवंगत पतिको नाममा चलेको मुद्दा जिताइदिने वाचासहित ती कर्मचारिले घुस लिएको दाबी गरेकी छिन् ।

‘मेरा पति स्वर्गी श्री नारदप्रसाद गौतमसमेतको मुद्दाबारे सर्वोच्च अदालतमा कारबाही चलिरहेको अवस्थामा जिताइदिन्छु भन त्यस सेवामा काम गर्ने पुष्कर थापा नामका एक कर्मचारीले म निवेदकबाटमार्फत् अक्षरेपी दश लाख रुपैयाँ फिर्ता दिलाई पाउन फर्मको प्रतिलिपिहरू यसै साथ संलग्न राखेर पठाएकी छु,’ उनले निवेदनमा भनेकी छन् ।

थापाले आफूसँग मागेको रकम २०७० साल असार ३० गते चार पटक गरी आइएमई मार्फत दिएको दाबी गरेकी छन् । जसमा उनले रकम पठाएको आइएमई नम्बर समेत निवेदनमा राखेकी छन् ।

पैसा लिँदा थापाले ‘मुद्दा जिताइदिन्छु, हारे फिर्ता दिन्छु’ भनेको तर, मुद्दा हारेपछि पनि सम्पर्कमा नआएको सुशीलाले पत्रमा लेखेकी छन् ।

यस विषयमा केही कर्मचारी संगठनहरूले थापालाई सोधपुछ गरेको बताइएको छ । थापा सर्वोच्चको फैसला कार्यान्वयन शाखामा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077