Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

छ महिनामा साढे १५ सय फरार प्रतिवादी पक्राउ

छ महिनामा साढे १५ सय फरार प्रतिवादी पक्राउ

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले चालु आर्थिक वर्षको हालसम्म एक हजार ५४८ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरेको छ ।

फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान नै सञ्चालन गरेको काठमाडौँ प्रहरीले पुस महिनाको हालसम्म मात्र पाँच सय २५ जनालाई पक्राउ गरेको छ । बिहीबार मात्र ६२ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

काठमाडौँ प्रहरीले गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ४८, कात्तिकमा एक सय तीन र मङ्सिर महिनामा दुई सय आठ जना फरार प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

फैसला कार्यान्वयनअन्तर्गत पक्राउ परेकाहरूलाई प्रहरीले अदालत पेस गर्ने र अदालतबाट कारागार चलान हुने गरेको छ । विभिन्न कसुरमा अदालतले दोषी ठहर गरी फरार भएका उनीहरूविरूद्ध रू चार करोड ८० लाख ११ हजार दुई सय ९९ जरिवाना र एक सय ३२ वर्ष एक महिना २३ दिन कैद फैसला भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077